पशुपति क्षेत्र विकास कोषको बुधवार बसेको परिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले विभिन्न समयमा नियुक्त गरिएका सल्लाहकारहरुको पद खारेज गर्ने महत्वपूर्ण निर्णय गरेको छ । बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकारहरूको पद खारेज गरेको हो ।
राजसंस्थाको समयदेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका एक सयभन्दा बढी सल्लाहकार तथा उनीहरुको पद खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।
आजको बैठकले पशुपति क्षेत्रमा मदिरा विक्री–वितरणमा समेत प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
बैठकले पशुपतिनाथ दर्शन तथा पशुपतिनाथ क्षेत्रको अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरुसमेत निर्माण गर्ने निर्णय गरेको छ ।