काठमाडौं । वाग्मती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेसँगै ११ सदस्य मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यस्तै नेकपा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।
यसैगरी, राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।