काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई धुम्बाराही बोलाएका छन् ।
देउवाले शनिबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्ने साथै विश्वासको मत, केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल गर्न बोलाइएको बताइएको छ ।
छलफलमा महामन्त्रीद्वय थापा र शर्मासँगै उपसभापति पूर्ण बहादुर खड्का, धनराज गुरूङलगायत नेताहरूलाई बोलाइएको छ ।सरकारबाट बाहिरिएर निवास सरेपछि देउवाले पहिलोपटक शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।