काठमाडौं । बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक सम्पन्न भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा बसेको बैठकमा पुस २५ गते बस्ने पहिलो बैठकको एजेन्डाहरुबारे छलफल भएको हो।
आजको बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकको संचालन प्रक्रियाबारे दलहरुबिच छलफल भएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
यस्तै, गएको प्रतिनिधिसभामा चलेको नियमावलीबाटै अबको बैठक संचालन गर्नेबारे सहमति भएको छ। पुस २५ गतेको पहिलो बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र प्रतिनिधिहरुलाई सम्बोधन गर्न दिने निर्माण पनि आज भएको उनले बताए।
उनले सभामुखको निर्वाचनबारे छलफल भए पनि मिति भने नतोकिएको बताए।