काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई राहत सामग्री पठाएको छ । आज नेपाली सेनाको जहाजमार्फत महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामाग्री पठाएको हो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।