काठमाडौं । नेपाल मानव धर्म सेवा समितिकी केन्द्रिय प्रमुख महात्मा चमेली बाइजीले मनुष्य शरिर नै साधनाको धाम भएकाे बताएकी छन् ।
हिन्दुहरुको महान चाड महाशिवरात्रीको अबसर पारेर आयोजना गरेको रक्तदान र महान सत्सङ् कार्यक्रममा उनले मनुष्य शरिर नै साधनाको धाम भएकोले अहिले नै हामीले मोक्षको यात्रा अगाडि बढाउनुपर्ने बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, ̏भगवान शिव पनि सधैभरी ध्यान गर्नुहुन्थ्यो । उनले कसको र के को ध्यान गर्नुभयो त्यो रहस्यलाइ हामी सबैले बेलैमा बुझ्नुपर्छ ।˝
यस्तै कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समिति बाग्मती क्षेत्र प्रमुख महात्मा लता बाइजीले भगवान शिवका आखाँले हामीलाई सधै बाह्रयमुखी हुन होइन कि अन्तर्मुखी हुन सिकाइरहेको बताइन् । भगवान शिवले ध्यान गरेको अमरनाथको गुफा हामी भित्र नै भएकाले त्यसलाई चिनेर जीवनमा अनुशरण गर्न सके यसले हाम्रो कल्याण गर्नेमा जोड दिइन् ।
शिव ज्ञानका प्रतिक हुन् भएकाेले रात्रीको समयमा सानो झिल्कोले पनि ठूलो काम गर्ने बताउदै महात्मा त्रिगुणा बाइजीले शिवरात्रीको दिन कालरात्रीमा ध्यान बसि बढी भन्दा बढी शक्ति प्राप्त गर्न सकिने बताइन् ।
कार्यक्रममा शिवले पिएको विष र विष सेवनले सन्सारलाई कसरी विनास हुनबाट बचायो भन्ने विषयमा केन्द्रित भएर बालबिलकाहरुले नाटक प्रस्तुत गरेका थिए भने, नृत्य, भजनले कार्यक्रमलाई अझै रोचक बनाएको थियो ।