अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको हो । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।
प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए । उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए । उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए ।