काठमाडौं । नेकपा (एमाले)का राष्ट्रपति उमेदवार सुवास नेम्वाङले आफू जनताको राष्ट्रपति बन्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको अभिमुखीकरण कार्यक्रममा नेम्वाङले आफू राजाजस्तो नभएर जनताको राष्ट्रपति बन्ने प्रयास गर्ने बताएका हुन् ।
‘म चाहिँ हिजोको राजाजस्तो होइन, जनताको राष्ट्रपति बन्ने प्रयास गर्छु,’ उनले अभिमुखीकरण कार्यक्रममा भनेका छन् ।
अभिमुखीकरण कार्यक्रममा एमालेका संघीय र प्रदेश सांसदहरू सहभागी थिए ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ ।