काठमाडौं । राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको भने कालिन्चोकमा हिउँ परेको छ ।
अहिले काठमाडौंमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गरे । काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।
सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भएको छ । अबको एकरदुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।