काठमाडाै । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव राखेको छ ।
अध्यक्ष ठाकुरसहित शीर्ष पाँच नेताको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा र एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेट गरी प्रस्ताव राखेका हुन् ।
उनले एमाले अध्यक्ष ओलीसँगको भेट पनि सकारात्मक भएको बताए ।