काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीसँग लेबी उठाउने भएको छ ।
माघ ८ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सांसदसँग जनही मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ ।
रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा। तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी छन् ।
हाल प्रतिनिधिसभा सदस्यले तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा मासिक १ लाख रुपैयाँ भन्दा बढी पाउनेछन् ।