काठमाडौं । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष २७ गते पृथ्वी जयन्तीको अवसर पारेर उक्त दिन बिदा निर्णय गरेको हो ।
सत्ता साझेदार दल राप्रपाले पुष २७ गते बिदा दिन माग गर्दै आएको थियो । यो निर्णयसँगै राप्रपाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागिता जनाउने भएको छ ।