काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आजदेखि पोखरामा बोर्ड बैठक बस्दै छ । बैठकको मुख्य एजेन्डामा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने जनाइएको छ ।
बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । जसमध्ये मुख्य एजेन्डा पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ । त्यस्तै नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि छलफल हुनेछ ।
राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुनेछ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे छलफल हुनेछ ।