नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।
थापाले साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको बताए ।
ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको प्रहरीले बताएकाे छ ।