जिल्ला अदालत सुनसरीले बक्यौता रकम नतिरेर लाइन काटिएको उद्योगको यथास्थितिमै पुनः बिजुली जडान गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश टेकबहादुर कार्कीको इजलासले आइतबार सो आदेश जारी गरेको हो।
विद्युत् लाइन काटिएको रिलायन्स स्पिनिङ मिल्सले लाइन जोड्न माग गर्दै दायर गरेको मुद्दामा जिल्ला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उक्त उद्योगले प्राधिकरणलाई १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६ रुपैयाँ बुझाउँन बाँकी छ ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदक रिलायन्स स्पिनिङ मिल्सको बक्यौता नतिरे बापत उद्योगको लाइन काटिएको र यी जस्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएमा उद्योगको लाइन जडान गर्ने भनी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको मिति २०८०्९्१६ गतेको निर्णय देखिँदा लाइन कटिसकेको अवस्थामा अन्तरकालीन आदेश जारी गर्न मिलेन ।’
यसअघि जिल्ला अदालतले नै २०७८ असोज १५ गते मिल्सको नाममा जडान भएको विद्युत् नकाट्न अन्तरिम आदेश जारी गरेको थियो। उच्च अदालतले विराटनगरले २०७८ मंसिर १६ गते लाइन काट्ने पूर्वानुमान गर्न नसकिने भन्दै जिल्लाको आदेश बदर गरिदिएको थियो ।
नेपालका दुई व्यापारिक घराना–गोल्यान ग्रुप र एमएस ग्रुपको लगानी रहेको रिलायन्स स्पीनीङ मिल्सले वार्षिक १० अर्ब बढीको कारोबार गर्दै आएको छ । वि।सं। २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो स्पिनिङ्ग मिल्स हो । चार हजार ३ सय भन्दा धेरै जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ ।
हाल कम्पनीले सुनसरीको कहर र दुहाबीमा गरी दुई फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । सन् २०२३ को अप्रिल महिनादेखि कम्पनीका दुई वटा उत्पादन प्लान्टहरु सञ्चालनमा आएका छन् । अन्तर्राष्ट्रिय बजारमा सिन्थेटिक र कटन र्यानको माग बढ्दै जाँदा कम्पनीले २ अर्ब ७० करोड लगानीमा ८ हजार २८० मेट्रिक टन उत्पादन क्षमता सहितको प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ४२ हजार ७५० मेट्रिक टन पुगेको हो ।
अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०७९्८० मा १० अर्ब ६० लाख संचालन आम्दानी गरेको थियो । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पीनिङ मिल्स नेपालको सबैभन्दा ठूलो गार्मेन्ट उद्योग हो । कम्पनीले उत्पादन गर्ने पोलीस्टर, भिस्कोज, एक्राइलिक तथा बेलेन्डेड र्यान, कटन नेपालमा मात्रै नभई भारत र टर्कीमा समेत राम्रो बिक्री हुँदै आएको छ ।
कम्पनीका अध्यक्ष पवन कुमार गोल्यान हुन् भने उपाध्यक्ष शशिकान्त अग्रवाल हुन्। पवनकुमार गोल्यान, गोल्यान ग्रुपको प्रतिनिधित्व गर्छन् भने शशिकान्त अग्रवालले एमएस ग्रुपको प्रतिनिधित्व गर्छन् । कम्पनीका प्रबन्ध निर्देशक अध्यक्ष गोल्यान हुन्। उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।
यस्तै रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी हुने भएको छ । रिलायन्स स्पिनिङ मिल्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गर्ने छ ।