काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहादनीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने तयारी गरेका हुन् ।
यसअघि, अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरी दुरुपयोग गरेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान गरिएको थियो । गएको फागुनमा प्रहरीले अनुसन्धान सकी लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।
सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्यो ।