काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीका कारण आज अत्यधिक सवारी जाम भएको छ । राष्ट्रपतिले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले जताततै सवारी जाम भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी ३ बजेपछि संसद् भवन पुगेकी थिइन् । अहिले उनी फर्किसकेकी छन् । ट्राफिक प्रहरीका प्रवक्ता एसपी राजेन्द्रप्रसाद भट्टले अबको केही समयपछि सवारी जाम कम हुँदै जाने बताए । जताततै जामका कारण सर्वसाधारणलाई सास्ती भएको छ ।
“आज विषेश कार्यक्रम भएकाले सवारी जाम भएको हो । ट्राफिकले सहजीकरण गरिरहेको छ,” उनले भने ।
मन्त्रीहरूको आवतजावतले पनि थप जाम भएको ट्राफिकले जनाएको छ । ट्राफिकका अनुसार आज सर्वसाधारणको आवतजावत पनि बाक्लो छ । विभिन्न सडक चोकका सर्वसाधारण रोकिनुपर्ने र जाममा बस्नुपर्ने अवस्था छ ।