काठमाडौं । सर्वोच्च अदालतले रवि लामेछानेको सांसद पद खारेज गरेपछि प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको माइतीघरमा समर्थकले उनका पक्षमा प्रदर्शन गरेका हुन् ।
देश बनाउने अभियानमा लागेका कारण ‘लामिछानेलाई फसाइएको’ उनीहरूको आरोप छ । प्रदर्शनकारीले प्रशासनको विरोधमा समेत नाराबाजी गरेका थिए ।
सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार नागरिकतासम्बन्धी मुद्दामा उनी सांसद पदमा रहन अयोग्य रहेको आदेश गरेको थियो ।