काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा ‘सिनियर’ महिलाबाट न्यौपानेलाई अघि बढाउने तयारी गरिएको हो ।
“सभापतिज्यूले सभामुखमा महिला उमेदवार बनाउने तयारी गर्नुभएको छ । सिनियर महिलामध्ये कोही एक बनाउने कुरा छ,” एक पदाधिकारीले बाह्रखरीसँग भने, “सिनियरमध्येबाट ईश्वरी न्यौपाने हुन सक्नुहुन्छ ।” यसको औपचारिक निर्णय भने हुन बाँकी छ ।