काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था छ ।