काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । आज (बिहिबार) बसेको बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
घट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गत मंसिरमा पदबाट राजनीतिमा दिएका थिए । ५९ सदस्यीय राष्ट्रय सभामा एमालेबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट खालि रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख\उपप्रमुख र अध्यक्ष\उपाध्यक्षले मतदान गर्न पाउँछन् । संविधान अनुसार पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।