सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले उद्धार गरेको बताएका छन् । उनले एमालेले राष्ट्रपति मागेको नभई प्रचण्ड आफैले प्रस्ताव गरेको बताए ।
एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।
‘जनादेश अनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौं,’ उनले भने,‘ कांग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्धार गरिदिएका हौं ।’
एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दे भट्टराईले आफैले गरेको प्रस्तावबाट प्रचण् पछि नहट्नेमा विश्वास व्यक्त गरे ।‘कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्धार गर्यौं’