काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेले पार्टी सभापति रवि लामिछानेको अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका छन् ।
बुधबार ट्विटरमार्फत पाँडेले गएको आइतबारको केन्द्रीय समितिको बैठकको निर्णयको स्वामित्व लिने तर सभापति लामिछानको अभिव्यक्तिको जिम्मेवारी भने नलिने बताएका हुन् ।
ूम राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमा आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु । हामीले बैठकमा गहिरो रूपमा छलफल गरेका थियौँ । तर, म त्यसपछि सभापतिले गरेको पत्रकार सम्मेलनको हिस्सा थिइनँ । र, त्यहाँ भनिएका कुराको जिम्मा पनि लिन्न,ू उनले भनेका छन् ।
पाँडेले युवा, सीमान्तकृत समूह र नेपालप्रति आशा बढाउनका लागि रास्वपा एक नेताको भावनाभन्दा माथि उठ्नुपर्ने पनि बताएका छन् ।
आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।