काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफू डराएर राजनीति गर्न नआएको बताएका छन्। सरकारबाट बाहिरिएको निर्णय सार्वजनिक गर्दै सभापति लामिछानेले उनले फेरि बोलाए पुनः गृह मन्त्रालय जाने बताए।
आफू गृह मन्त्रालयमा हुँदा १२ वर्षदेखि नभएका कामहरु १२ मिनेटमै आफूले गरेको लामिछानेले बताए। गृहमा अड्किएका कामहरु सम्पन्न गर्नकै लागि गृह मन्त्रालय मागेको भन्दै फेरि बोलाए, जाने उनले बताए।
‘यति गालि गर्दा पनि फेरि बोलाए म पुनः गृहमा जान्छु,’ लामिछानेले भने। मिडिया र संचालकप्रति आक्रमक रुपमा प्रस्तुत भएका लामिछानेले आफूसँग चितवन–२ मा चुनाव लड्न आउन समेत चुनौती दिएका छन्।
आफ्नाविरुद्ध मिडियाले रोल खेलेको बताउँदै लामिछानेले कुनै मिडियाले तथ्य नभई आफ्नाविरुद्ध समाचार लेखे धर्ना गर्ने समेत बताएका छन् ।‘पत्रिकाको कार्यालयमा धर्ना बसेर हुन्छ कि के गरेर हुन्छ म त्यसमा कारबाही गर्छु,’ उनले भने। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ।