काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार बिहान बालुवाटार पुगेका छन् ।
एमाले अध्यक्ष ओलीले सांसद पदबाट मुक्त भएका रवि लामिछानेलाई पुनः मन्त्री नियुक्त गर्न र गठबन्धनलाई बलियो रूपमा अघि बढाउन दबाब दिँदै आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले प्रधानमन्त्रीसँग भेट गरेर बाहिरिएलगत्तै ओली प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन् ।
स्रोतका अनुसार करिब आधा घण्टादेखि प्रचण्ड–ओलीबीच भेटवार्ता जारी छ ।