काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालुवाटरमा भएको प्रचण्ड–ओलीबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको छ ।
भेटमा राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरूबीच मंगलबार पनि वालुवाटारमा भेटवार्ता भएको थियो ।
ओली–प्रचण्डबीचको भेटमा राष्ट्रपति निर्वाचनको विषयले प्राथमिकता पाउने गरेको बताइएको छ । माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहमति गरेको हुनसक्ने आशंकाले पनि ओलीले प्रचण्डसँगको भेटवार्तालाई तीव्रता दिएका हुन् ।