काठमाडौं । इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
मंगलबार नयाँ बानेश्वरमा आफ्नो शरीरमा आफैँ आगो लगाएका आचार्यको बुधबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।
उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन गरि आचार्यलाई श्रदान्जली व्यक्त गरेका थिए ।