काठमाडौं । भूकम्पमा परेर बाजुरामा एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो गएको भुकम्पमा परि गौमुल गाउँपालिका–२ को जुरेलीका एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय जंगलमा घाँस काट्ने बेला गएका ती महिलाको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले बताए ।
डीएसपी थापाका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा परिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।