काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकालाई नारायणी नदीको किनारमा फोहोर र ढल विसर्जन नगर्न आदेश दिएको छ । सर्वोच्चले नारायणीमा कुनै पनि प्रकारले ढल नमिसाउन, डम्पिङसाइटमा विर्सजन गर्ने फोहोरमैला नदी किनारमा विर्सजन नगर्न महानगरको नाममा आदेश जारी गरेको हो ।
नारायणी किनारमा बजारको फोहोरले खाल्डो पुरेर चितवन उद्योग वाणिज्य संघले व्यापारिक मेला ‘चितवन महोत्सव’ गर्न लागेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा अधिवक्ता सञ्जय अधिकारीले रिट निवेदन दर्ता गरेका थिए ।