काठमाडौं । जनमत पार्टीले आकस्मिक बैठक बोलाएको छ । सो पार्टीका अध्यक्ष सीके राउतले आकस्मिक बैठक बोलाएको एक नेताले जानकारी दिए ।
गठबन्धनमा यसअघि उद्योग मन्त्रालय दिने सहमति भए पनि आज खानेपानी मन्त्रालय जिम्मा लगाइएपछि जनमत पार्टी असन्तुष्ट बनेको छ ।
सरकारमा सहभागी हुने कि नहुने, सो मन्त्रालय लिने कि नलिने सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको बताइएको छ ।