काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले राजनीतिलाई निजी स्वार्थको सिंढी बनाउनु भनेको देश, समाज र राष्ट्रको वर्वादीको मन्द विष उत्पादन गर्नु हो भनेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भण्डारीले त्यस्तो बताएका हुन् ।
जब राजनीतिक आवरणका बुवाआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गर्दछ, तब वर्वादी र विनासको बाटोतिर मुलुक जान्छ उनले भनेका छन्, “रोग त साना वा ठूलाले धृतराष्ट्र प्रबृत्तिलाई अनुशरण गर्नु नै हो ।”