काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
तर त्यसअघि पदाधिकारी बैठक बस्ने कांग्रेसले जनाएको छ। १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो ।
विश्वासको मत प्रदान गर्नका लागि प्रधानमन्त्रीले सबै दलहरुलाई अनुरोध गरिसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा भने विश्वासको मत सम्बन्धमा सकारात्मक देखिएका छन्। सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्।
माओवादीसँग सौहार्दपूर्ण सम्बन्ध कायम राखेर देउवाले कुनै पनि बेला सत्तामा फर्किने दाउ हेरिरहेका छन्। प्रधानमन्त्री पद गुमे पनि राष्ट्रपतिमा उनको नजर छ। कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । खासगरी महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा छ ।